पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

बलोचिस्तान ।

पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको ज्यान गएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो ।

अन्य २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।बस क्वेटा जाँदै थियो । बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो ।

तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ । अर्को एक मिडिया रिपोर्टमा भने बसको टायर फुटेका कारण दुर्घटना भएको भनिएको छ ।

  • १६ जेष्ठ २०८१, बुधबार १६:४१ प्रकाशित