पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ ।

कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो ।मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो ।

९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।

  • १६ जेष्ठ २०८१, बुधबार १६:३२ प्रकाशित