बजेट भाषणको समय सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधि सभाको बैठकको समय सारिएको छ ।दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।

मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जानकारी दिएका छन् । संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको थियो । यद्यपि छानबिन समितिमा अहिले ४ बुँदे सहमति भइसकेको छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार १४:४२ प्रकाशित