पोखरा ।
पोखराको जाल्पारोडमा वेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सोमबार दिउसो पौने १ बजेको समयमा पोखरा ८ जाल्पारोडमा रहेको नारायण सुवेदीको घरको ढोकामा अपरिचित ब्याक्तिले नवजात शिशु छोडेर फरार रहेको कास्की प्रहरीले जनाएको छ ।
वेवारिसे अवस्थामा भेटिएको शिशुको अस्थायी प्रहरी पोष्ट सिर्जनाचोकबाट खटिएको प्रहरी टोलीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको लागि पठाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार उद्धार गरी उपचार गराइरहेको शिशुको अवस्था मध्यम रहेको र हल्का बिरामी जस्तो देखिएको छ ।
उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदामबाट अनुसन्धान टोली समेत खटिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












