आज युरो बढ्दा डलरको भाउ कति छ ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ बढेको छ ।आज युरो एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८ रुपैयाँ ५० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार १०:३४ प्रकाशित