पोखरा ।
पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा सोमबारदेखि एसइइ कप फुटसल प्रतियोगिता सुरु भएको छ । दुइदिनसम्म चल्ने प्रतियोगिता पोखरा फुटसल एरिनामा सञ्चालन गरिएको छ ।
प्रतियोगितामा विभिन्न निजी र सामुदायिक गरि २६ वटा विद्यालयका टिम सहभागि छन । विद्यालयका प्राचार्य सरोज कोइरालाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
‘स्वस्थका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने अभिप्रायले पश्चिमाञ्चल माध्यमिक विद्यालयले यो प्रतियोगिता राखेको छ । कास्की जिल्लाबाट यो वर्ष एसइइमा सहभागि विद्यार्थीबीच आपसी मित्रता तथा सद्भाव बढाउने उद्देश्यले यो प्रतियोगिताले राखेको विद्यालयका प्राचार्य कोइरालाले जानकारी दिए ।
फुटसल प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः २० र १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र सर्टिफिकेट पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकतालाई पनि पुरस्कृत गरिनेछ । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक आत्मराम अधिकारीले यो प्रतियोगिताले खेलाडीबीच सम्बन्ध बिस्तार गर्न सघाउने बताए ।