काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीको ८३ औँ सचिवालय बैठक बसिरहेको छ ।आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक केहीबेरअघिबाट बसिरहेको हो ।
बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारीलगायतका समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म बस्नेगरी मिति तय भैसकेको छ । १० सुझाव संकलनका लागि महाधिवेशनका दस्ताबेज जेठ १५ गते जिल्लामा पठाउने एकीकृत समाजवादीको तयारी छ ।