नयाँ दिल्ली ।
भारतमा रेमल चक्रवातमा परी एक जनाको ज्यान गएको छ ।
रेमल चक्रवातका कारण कोलकातामा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पश्चिम बंगालका प्रमुख क्षेत्रहरूमा एनडीआरएफको १४ टोली तैनाथ गरिएको छ र एसडीआरएफको छ टोली पनि तिनीहरूलाई सहयोग गर्न तैनाथ गरिएको छ ।
पश्चिम बंगाल बाहेक त्रिपुरामा पनि सावधानीका रूपमा एउटा टोली तैनाथ गरिएको बताइएको छ । रेमाल चक्रवात आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । भारतीय मौसम विभागले पश्चिम बंगाल र उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी दिएको छ ।