गण्डकी सरकारको मुद्दामा बहस सकियो, फैसला आजै आउने

केन्द्रभाग मिडिया

कास्की ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा बहस सकिएको छ । दुवै पक्षको बहस सकिएर जवाफी बहस पनि भैसकेको छ ।

निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् । संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।सरकारको जोड घटाउमा सभामुखलाई गणना गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।

  • १४ जेष्ठ २०८१, सोमबार १४:२१ प्रकाशित