नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरमा इन्जिनियर विशेष थापा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी इन्जिनियर विशेष थापा निर्वाचित भएका छन् । शनिबार पोखरामा आयोजित १९औं साधारणसभा तथा १४औं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

मञ्चको निबर्तमान अध्यक्षमा निरन केसी, प्रेसिडेन्ट इलेक्टमा समेज राजभण्डारी, प्रेसिडेन्ट नोमिनी ई। सरोज कायस्थ, प्रोग्राम चेयरमा सिए विवेक श्रेष्ठ, फाइनान्स चेयरमा हर्सल बिजुक्छे निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सुरज श्रेष्ठ, नुरज बाटाजू, सिजन श्रेष्ठ, मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा निर्वाचित भएका छन् ।

  • १३ जेष्ठ २०८१, आईतवार १४:४० प्रकाशित