सहकारी ठगी प्रकरण

टिओआर टुंग्याउन आज शीर्ष तीन नेता जुट्दै

कार्यदलले टिओआर जुटाउन सकेन, रविलाई गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक भनेर लेख्नुपर्ने कांग्रेसको अडान

केन्द्रभाग मिडिया

पोखरा ।
सहकारी ठगीबारे बनाउने छानबिन समितिको टीओआर टुंग्याउन आज शीर्ष तीन नेता बसेर सहमति जुटाउने भएका छन् । कार्यदलले टिओआर टुंग्याउन नसकेपछि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बसेर सहमति जुटाउने भएका हुन् ।

कार्यदल स्रोतका अनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएपनि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक भनेर लेख्नुपर्ने अडानमा छ । यसमा सत्तापक्ष सहमत नहुँदा सहमति जुट्न नसकेको हो ।

शीर्ष तीन नेता आज बिहान ९ बजे बैठक बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

  • १३ जेष्ठ २०८१, आईतवार ०७:४३ प्रकाशित