नेपालमा कोरोनाका ‘केपी’ सब–भेरियन्ट पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो ।

परीक्षण अनुसार ४० जनाको नमुना परीक्षण गर्दा ‘केपी–१’ १२ जनामा र ‘केपी–२’ १७ जनामा पुष्टि भएको छ । यस्तै १र१ जनामा ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ । ४० जनामा गरिएको नमुना परीक्षणमा ‘जिएन १’ ७ जनामा र र ‘बिए २’ २ जनामा पुष्टि भएको पनि प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैशीले जनाएका छन् ।

जैशीका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० जनामा नमुनाको ‘जिन सिक्वेन्सिङ’ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी १ र केपी २’ पुष्टि भएको हो ।

यस्तै विज्ञहरूले दिर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा। शेर बहादुर पुनले दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन सुझाव दिएका हुन् ।

  • ११ जेष्ठ २०८१, शुक्रबार १६:१९ प्रकाशित