सहकारी पीडितले सुरु गरे फेरि आन्दोलन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई सङ्गठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आन्दोलन गरेको हो ।

शुक्रबार माइतीघरबाट सुरु गरिएको र्‍याली बिजुलीबजार पुगेर फेरि माइतीघरमै आइ कोणसभा गरेर रिले अनशन सुरु गरिएको छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार १४:३२ प्रकाशित