साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको अन्तिम दिन डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८ रुपैयाँ ५२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार १०:०८ प्रकाशित