पोखरा ।
जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी कास्की अन्नपूर्ण गाउँपालिका ३ धारापनी बस्ने ३७ वर्षिय बिपिन भन्ने केशव सुनारलाई कास्की प्रहरीस्ले कास्कीको नौडाँडाबाट पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतको २०७९ माघ १० गतेको फैसलाले जबरजस्ती करणी सम्बन्धी मुद्धामा ११ महिना ८ दिन कैद सजाय, १५ हजार जरिवाना र पिडित राहत कोषमा ४ सय जरिवाना भुक्तान गर्न बांकी रहेको र हाल सम्म फररा रहेका कारण पक्राउ गरि आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।















