गण्डकी प्रदेशका पत्रकारलाई सुचना प्रविधिमा क्षमता बिकास तालिम

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा तीनदिने सुचना प्रविधिमा पत्रकारको क्षमता बिकास तालिम शुरु भएको छ । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा गण्डकी प्रदेशका पत्रकारलाइ लक्षित गरी आयोजना गरिएको उक्त तालिमको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव प्रकाश पौडेलले उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै सचिव पौडेलले डिजिटल साक्षरताको कमी हुदा समाजमा साइबर सम्बन्धी घटनाहरु दिन प्रतिदिन वढिरहदा पत्रकार जगतबाटै यसको बारेमा जानकारी दिन सकियोे भने घटनाहरु न्यूनिकरण भएर जाने बताए । आम सञ्चार जगतको सम्पूर्णले विश्वास गर्ने भएकाले यस्ता कार्यक्रमले पत्रकारलाई मात्र नभइ समाजमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ रहेको थियो ।

सामाजिक बिकास मन्त्रालयले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि, डिजिटल साक्षरता कार्यक्रम र आगामी वर्षदेखी लागु हुने गरी मिडिया संग मन्त्रालय कार्यक्रम गरी सामाजिक बिकास मन्त्रालयबाट भएगरेका गतिविधिहरुलाई जनस्तर सम्म पु¥याउने गरी कार्यक्रमको आयोजना गर्ने समेत बताए ।

सो अवसरमा वोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता पंगेनीले अहिलेको युग प्रविधिको युग भएकाले सुचना प्रविधिमा पत्रकारको क्षमता बिकास तालिम समय सापेक्ष रहेको वताइन । यस्ता तालिमले पत्रकारहरुको क्षमतामा अझ निखार ल्याउने उनको भनाइ रहेको थियो । त्यसैगरी सरकारले कान्तिपुर मिडिया हाउसका सञ्चालकलाई मिडिया हाउसबाटै पक्राउ गर्नु गलत भएको समेत बताइन । मिडिया हाउस सञ्चालकलाई हात हतियार सहितको प्रहरी लगाएर कार्यालयबाट पक्राउ गरिनु बेठिक रहेको बताउदै पंगेनीले त्यसको सम्पूर्ण पत्रकार जगतले बिरोध गर्नुपर्नेमा जोड दिइन ।

सो अवसरमा वोल्दै पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष सन्तोस  थापाले पत्रकार महासंघ गण्डकीले ११ वटै जिल्लाका पत्रकारहरुलाई लक्षित गरी तालिमको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे ।नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष शोनी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव यदुनाथ बञ्जराले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव गोविन्द सुवेदीले गरेका थिए । तीन दिन सम्म सञ्चालन हुने तालिममा प्रदेशका ११ जिल्लाका ४५ जना पत्रकारको सहभागीता छन भने तालिममा  भीषण राइ र सुनिल पाण्डेले सहजीकरण गर्नेछन ।

  • १० जेष्ठ २०८१, बिहीबार १६:५९ प्रकाशित