पोखरास्थित फेवासिटी अस्पतालका संस्थापक चेतबहादुर गुरुङको निधन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरास्थित फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । गुरुङको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा बुधबार बिहान २ः३० बजे निधन भएको हो । निमोनियाबाट ग्रसित उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण समेत गरिएको थियो ।

२०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाट निवासी हुन् । उनका श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ छन् ।

गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष हुन् भने रोटरी क्लब अफ अन्नपूर्णमा समेत आवद्ध थिए । गुरुङ संस्थापक भएर पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि  सञ्चालनमा आएको थियो ।
गुरुङको शव शुक्रबार मात्रै पोखरा आइपुग्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि अन्तिम संस्कारका प्रक्रिया अघि बढ्नेछ ।

गुरुङको निधनप्रति पोखरा महानगरका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् । ‘निशब्द ११ फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर पोखराका सञ्चालक एवम् सञ्चालक समितिका नि।अध्यक्ष हाम्रा प्रिय मित्र चेत गुरुङ्गज्युको उपचारका क्रममा असामयिक निधन भएको खबरले स्तब्ध भएको छु । प्रिय चेत सर तपाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु ।’सामाजिक सञ्जालमार्फत आचार्यले भनेका छन्

  • ९ जेष्ठ २०८१, बुधबार १३:४४ प्रकाशित