पोखरा ।
पोखराको लेखनाथ स्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा तोडफोड, तथा सहकारीको कर्मचारीमाथी हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षेति पु¥याएको आरोपमा इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार पक्राउ पर्नेमा कास्की माछापुच्छ«े गाउँपालिका ५ रिवान बस्ने ३६ वर्षिय प्रकाश बि.क., झापा नगरपालिका ३ बस्ने ४० वर्षिय राजिव प्रसाइ, पोखरा २७ लेखनाथ बस्ने ४२ वर्षिय गणेश शाही, पोखरा २७ का २९ वर्षिय समिन बि.क., सोही ठाँउका संजिप सुनार, यम बहादुर चौरेली, कृष्ण कुमारी चौरेली, रुपन्देही ११ का कमला चन्द र नवलपारसीकी विष्णु बोहरा रहेका छन ।















