चट्याङ लागेर किशोरीको मृत्यु

केन्द्रभाग मिडिया

कैलाली ।

कैलालीमा चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।घोडाघोडी नगरपालिका(९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी ज्यान गएको हो ।

सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • ८ जेष्ठ २०८१, मंगलवार १५:१२ प्रकाशित