पानी तान्ने क्रममा करेन्ट लाग्दा युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

नवलपरासी पश्चिम ।

नवलपरासी पश्चिममा आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । सरावल गाउँपालिका-३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरीको करेन्ट लागेर मंगलबार बिहान ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • ८ जेष्ठ २०८१, मंगलवार १५:११ प्रकाशित