सहकारीको बचत फिर्ता नभएसम्म लडाई जारी रहन्छ : कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सहकारी प्रकरणमा संसदीय छानबिन समितिमा कांग्रेसको अडान रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कांग्रेस आफ्नो अडानमा दृढ रहेको बताए ।

उनले भने–‘लाखौं सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुने छैनौँ । देशै भरका सहकारी पीडितलाई म आश्वस्त पार्न चाहन्छु बचतकर्ताको बचत फिर्ता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन ।

संसदीय छानबिन समितिको सैद्धान्तिक सहमति भएपनि टिओआरका विषयमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरू झन् प्रकट ढङ्गले आइरहेका छन् । स्वर्णलक्ष्मी, सूर्यदर्शन पोखरा लगायतका सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव १ अर्ब ऋण लिएको छ । त्यो ऋण तिनै ४ वटा सहकारीबाट लिएको हो ।’

  • ८ जेष्ठ २०८१, मंगलवार १४:१२ प्रकाशित