काठमाडौँ ।
मंगलबार बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म पार्टीले अवरोध कायम राख्ने स्पष्ट पारेको हो
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।