पोखरा ।
पोखरा १४ बाच्छीबुडुवा स्थित सेती नदीमा अवैध रुपमा नदीजन्य पदार्थको दोहन तीब्र रुपमा बढेको छ । प्रहरीले आइतबार र सोमबार गरी अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न ७ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको भएतापनि सेती नदीको खानी सम्म अझैपनि प्रहरी प्रशासन भने पुुग्न नसकेको स्थानियले गुुनासो गर्ने गरेका छन ।
सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी बढेसंगै कास्की प्रहरीले दैनिक रुपमा त्यस क्षेत्रबाट सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार र सोमबार गरी प्रहरीले सातवटा सवारी नियन्त्रणमा लिएको छ । सोमबारमात्रै पोखरा १४ बाच्छीबुडुवा स्थित सेतीनदीबाट अबैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा कास्की प्रहरीले चार वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
सेती नदीमा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी भइरहेको भन्ने सुुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट चाउथेबाट खटिएको प्रहरी टोलीले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३३२०, ग १ त ३३३१, ग १ त ३६२४ र ग १ त ६५१७ नम्बरको ट्रयाक्टरलाइ प्रयोजन खुल्ने कागजात साथमा नभएको पाइएपछि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।
आइतबार मात्रै पोखरा १४ बाच्छीबुुडुुवा स्थित घाटबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसार पसार गरिरहेको ग १ ख ६६०९ नं को मिनि टिप्पर, ग १ त ५४१६नम्बरको ट्रयाक्टर र ग १ त ७०२४ नं को ट्रयाक्टर चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेका कारण प्रहरीले नियन्त्रणमा लिएको थियो ।