दमौली फलफुल पसल लाइनमा आगलागी हुदा २० सटर जलेर नष्ट

केन्द्रभाग मिडिया

तनहुुँ ।
दमौलीको मुख्य चोकमा रहेको फलफुल पसल लाइनमा भएको आगलागीबाट २० वटा सटर जलेर पूर्ण रुपमा नष्ट भएको छ । तनहुँँको ब्यास नगरपालिका ३ फलफुल पसल लाइन्मा गएराति भएको भीषण आगलागीबाट २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब ३ घण्टा पछि आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । विद्युत चुुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छभने आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 

  • ७ जेष्ठ २०८१, सोमबार ०८:३६ प्रकाशित