ग्याङ बनेर लागूऔषध सेवन गर्ने २१ जनालाई अभिभावको जिम्मा लगाइयो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको विभिन्न स्थानमा अखडा बनाई लागूू औषध सेवन गरी मानिसहरुलाई डर त्रास देखाउने, लुटपाट गर्ने, चोरी गर्ने सुुचना पश्चात कास्की प्रहरीले स्विप अप्रेसन मार्फत २१ जनालाई पक्राउ गरी अभिभावकको जिम्मा लगाएको छ ।

कास्की प्रहरी र मातहतको युनिटको सहकार्यमा पोखराको विभिन्न स्थानहरुबाट लागू औषध सेवन गरी लट्ठ परी बसेका, लागू औषध प्रयोग गरिरहेका तथा ५/७ जनाको ग्रूप बनाई विभिन्न अश्लिल शब्दहरु प्रयोग गर्दै होहल्ला गरिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरी प्रशिक्षण पश्चात अभिभावकको जिम्मा लगाइएको हो ।

अभिभाबकको रोहवरमा लागूऔषध नियन्त्रण ब्यूूरो शाखा कार्यालय पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक विद्याधर त्रिपाठीले लागूऔषध दुुब्र्ययसनी, लागू औषधको प्रयोगबाट हुने असर तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।

सो अवसरमा प्रशिक्षणमा सहभागीहरुले अब आइन्दा लागू औषध सेवन नगर्ने, लागूू औषध सेवन गर्ने व्याक्ति तथा कारोबारमा संलग्न ब्याक्तिहरुको सम्बन्धमा प्रहरीलाई सूूचना दिने र असल नागरिक बन्ने प्रतिवद्धता समेत जनाएको सुुचना अधिकारीले शर्माले वताए ।

  • ६ जेष्ठ २०८१, आईतवार २०:५२ प्रकाशित