नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा सवारी प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा सवारी साधनलाई कास्की प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आइतबार पोखरा १४ बाच्छीबुडुवा स्थित घाटबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसार पसार गरिरहेको ग १ ख ६६०९ नं को मिनि टिप्पर, ग १ त ५४१६नम्बरको ट्रयाक्टर र ग१त ७०२४ नं को ट्रयाक्टर चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेको उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबारनै वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १ जौवारी स्थित नौडाँडाबाट पोखरातफए ढुंगा लोड गरी आउदै अगरेको ग१क ५३५३ नं को मिनि टिप्पर र ना ७ ख ५९१ नं को टिप्परलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।

 

  • ६ जेष्ठ २०८१, आईतवार २०:४९ प्रकाशित