पोखरा ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले महिलाहरु आर्थिक रुपमा मजबुुत नभएसम्म अगाडी बढन कठिन हुने बताएका छन ।
पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको कृष्टल माला, चुरा पोते तथा फेब्रिक माला व्याज बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले महिलाहरु आयआर्यजनसंग जोडिएर आर्थिक रुपमा सक्षम नभएसम्म समाजमा अगाडी बढन नसकिने बताइन् । उनले महिलाहरुले घरमा धेरै काम गर्ने भएपनि श्रमको मुल्य नहुने भन्दै अव स्वरोजगार बन्नुपर्नेमा जोड दिइन् ।
उपप्रमुख गुुरुङले नेपालका राजनीतिक परिर्वतनमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउदै गणतन्त्र स्थापनासंगै निर्माण भएको संविधानले महिलालाई धेरै अधिकार स्थापित गरेको बताए । राजनीतिक र अधिकारका हिसावले सम्पन्न छौ उनले भने,‘प्राप्त अधिकारको कार्यान्वयन, तल्लो तहका महिलालाई अधिकारका बारेमा जानकारी गराउदैं प्राप्त अधिकारको उपयोग गर्नुुपर्छ ।’ उपप्रमुुख गुुरुङले वडा कार्यालयले आफना नागरिकलाई विभिन्न तालिम प्रदान गरिहेको बताउदैं तालिम लिएका दिदिबहिनीहरु व्यवसायीक बन्नुपर्नेम जोड दिए । तालिम लिएपछि व्यबसायी बन्दै आर्थिक रुपमा सबल र सक्षम बन्नका लागि ब्यवसायीक बन्नुपर्नेमा उनले सुझाव दिए ।

‘तालिम लिएर प्रमाणपत्र भित्तामा सजाउने मात्रै नभई यसलाई कार्यान्वयन गरेर आयआर्जनसंग जाडेर जानुपर्छ । तालिमको सदुुपयोग गरेर व्यवसायीक बन्नुपर्छ ।’ वडा नम्वर १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले वडाका महिलाहरुको आवश्यकता ठानेर तालिम दिएको बताउदै तालिमबाट प्राप्त सीप र ज्ञानलाई उपयोग गरेर आत्मनिर्भर बन्ने अपेक्षा गरेको बताए।
मानवीय विकास विना पूर्वाधार विकासले मात्रै केही नहुने बताउदै महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको उल्लेख गरे । कार्यक्रममा महानगरका कार्यपालिका सदस्य मन्दिरा गौतम, पोखरा १५ का वडासदस्य बलराम पौडेलले वडा कार्यालयले प्रदान गरेको तालिमबाट वडामा आयोजना हुने कार्यक्रमका लागि माला, व्याज निर्माण गरेर महिला दिदिबहिनिहरु आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।













