साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

  • ६ जेष्ठ २०८१, आईतवार ०९:५१ प्रकाशित