लक्ष्मीनारायण टोल विकाश संस्थाको साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

oplus_1024

 

पोखरा ।

लक्ष्मीनारायण टोल विकाश संस्था, पोखरा १३ आर्वाको साधारणसभा शनिवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष कीरण बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बरालले आगामी आर्थिक वर्षमा आर्वाका करीब ९० प्रतिशत सडकहरु कालोपत्रे (पिच) गर्ने जानकारी दिए ।

उनले समग्र आर्वाको विकाशमा विभिन्न कामहरु गर्दै आएको भन्दै आफ्नो कार्यकाल भित्र आर्वाको मुहार फेरिने गरी विकाशको योजना अगाडी सारेको फेयरिस्त सुनाए। टोल विकास संस्थाहरुले पनि विकाशको योजनामा आ–आफ्नो ठाउँबाट साथ दिनु पर्ने बताए ।

लक्ष्मीनारायण टोल विकास संस्थाका अध्यक्ष अशोक बरालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले आफ्नो टोलमा एक वर्षको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्दै सडक बत्ती जडान, टोल सरसफाई , मठ मन्दिर , कुवा चौतारीको मर्मत तथा निर्माण लगायतका विभिन्न सामाजिक कामहरु गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभारण सभामा श्री मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष पत्रकार श्रीराम सिग्देलले टोल विकाश सस्था र वडा कार्यालय बिच विकाश निर्माण लगायत विभिन्न विषयमा समन्वय गरेर काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले आर्वाका धेरै भाग अझै पनि विकाश निर्माणमा पछाडी परेको भन्दै वडा महानगरले यस्ता ग्रामीण क्षेत्रलाई प्राथमिकताका आधारमा बजेट छुट्याएर विकाश निर्माणमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लक्ष्मीनारायण टोल विकास संस्थाका पूर्व अध्यक्ष बिष्णु प्रसाद बराल, संस्थाका सल्लाहकार बसन्त शर्मा अधिकारी, वास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नरबहादुर बराल, लगायतले टोल विकाश संस्थाहरुको भूमिका काम कर्तव्य अधिकारका विषयहरुमा आ आफ्ना धारणा राखेका थिए।

साधारण सभामा कोषाध्यक्ष कृष्ण अधिकारीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए। कार्यसमिती सदस्य रमा भुजेलले स्वागत तथा सचिव नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए। सो अवसरमा लक्ष्मीनारायण टोल विकाश संस्था तथा प्रसिद्ध लक्ष्मीनारायण मन्दिर निर्माणमा योगदान पुऱ्याउने बिभिन्न व्यक्ती तथा संघ संस्थाहरुलाई सम्मानित गरिएको थियो ।

  • ५ जेष्ठ २०८१, शनिबार १७:२० प्रकाशित