पोखरा वडा १२ भित्रका सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १२ ले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ ।

वडा नं. १२ भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा। केएन स्वामीले तयार पारेको संस्कार शिक्षा पोखरा महानगरपालिका बाहेक अन्य केही स्थानीय तहहरुले लागू गर्ने तयारी गरिरहेका छन ।

अमरसिंह मा.वि. ले यही सालको शैक्षिकसत्रदेखि संस्कार शिक्षा सुरु गरिएको गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । पहिलो चरणमा कक्षा ७ र ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको छ ।

अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।’वडाध्यक्ष बास्तोलाले भने

यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले र डा. केएन स्वामीबीच छलफल पनि भएको थियो । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।

पोखरा महानगरपालिका वडा नं. १२ भित्र ३ वटा सामुदायिक विद्यालयहरु छन । यी विद्यालयमा ४ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।

  • ४ जेष्ठ २०८१, शुक्रबार १५:५४ प्रकाशित