पोखरा ।
तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि जेठ ५ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सह आयोजना तथा व्यवस्थापनमा साइक्लिङ खेलको माध्यमबाट खेल पर्यटनको विकास र खेलाडी उत्पादनमा टेवा पुर्याउने उदुवेश्यले साइकल दौड प्रतियोगिताको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।
प्रतियोगितामा पुरुषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटर दूरीमा प्रतिष्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
महिला पुरुष र रन फर फन गरी तीन विधामा हुने प्रतियोगितामा एक सय भन्दा बढी खेलाडीको सहभागिता रहने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
पोखरा–१७ पावरहाउसबाट शनिबार बिहान प्रतियोगिता सुरू हुनेछ । पावरहाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस आएर टुंगिने छ ।
अध्यक्ष गोदारको अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई ५ लाख रुपैयाँ बराबरको बीमाको व्यवस्था गरिने भएको छ । साइकलको व्यवस्था भने खेलाडी आफैँले गनुपर्ने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।द्धितीय हुनेले ३० हजार नगद, मेडल र प्रमाणपत्र, तृतीय हुनेले २० हजार नगद, मेडल र प्रमाणपत्र, चौथो हुनेले १० हजार नगद, मेडल र प्रमाणपत्र, पाँचौ हुनेले ५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा च्याम्पियनले १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।