पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।














