संसद्को अवरोध हट्ने नेताहरूको दाबी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सांसदहरूले बिहीबार अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरूका बिचमा सहमति जुटेर संसद्को जारी अवरोध हट्ने दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग निरन्तर राख्दै आएको छ । यता सत्तारुढ दल छानबिन समिति बनाउन तयार देखिएको छैन ।

यसै कारण प्रतिनिधि सभाको बिहान तय भएको बैठक सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी तोकिएसँगै सांसदहरूले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडि बढ्ने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताए । उनले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताए ।

  • ३ जेष्ठ २०८१, बिहीबार १५:३१ प्रकाशित