आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा रहेको थियो ।

यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा रहेको छ । हिजो पाउण्डको एकको खरिददर १६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा थियो ।

आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८ रुपैयाँ ६० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ ।

  • ३ जेष्ठ २०८१, बिहीबार १०:०२ प्रकाशित