आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।

आज पाउण्डको एकको खरिददर १६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८ रुपैयाँ ५६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

  • २ जेष्ठ २०८१, बुधबार ०९:५२ प्रकाशित