काठमाडौँ ।
प्रतिनिधिसभामा देखिएको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । सभामुखले आजै बिहान प्रधानमन्त्रीलाई भेट्ने तयारी छ ।
प्रतिपक्षीको अवरोधका कारण संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुख घिमिरेले गम्भीर रूपमा लिएका छन् ।
कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न दिन उनले दलहरूलाई आग्रह गर्दै आएका छन् ।