खुकुरी प्रहार गरी फरार भएका दुइ युवा पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

गत बैशाख २२ गते दिउसो ३ बजे पोखरा ३ नदीपुरमा एकजना ब्याक्तिलाई खुकुरी प्रहार गरी फरार भएका दुइ युवालाई कास्की प्रहरीले पोखराको बगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भइ पोखरा ३ नदीपुर बस्ने ३१ वर्षिय बिजय श्रेष्ठ र बाग्लुङ घर भइ पोखरा २५ हेम्जा बस्ने २८ वर्षिय लगिन थापा रहेका छन ।

थापा र श्रेष्ठले नदीपुर स्थित सार्वजनिक स्थानमा एक ब्याक्तिलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरी हेल्मेट र धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाई फरार थिए ।

फरार रहेका श्रेष्ठ र थापालाई  वडा प्रहरी कार्यालय बगरको टोलीले पोखराको बगरबाट बैशाख ३१ गते पक्राउ गरी सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार कसुरमा अदातलबाट २ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • १ जेष्ठ २०८१, मंगलवार २२:३६ प्रकाशित