काठमाडौं ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् ।संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।
यसअघि आज बिहान कांग्रेस नेतासँग भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिन आग्रह गरेका थिए ।