सभामुखसँग कांग्रेसले भन्यो : ‘संसद्‍मा विरोध जारी रहन्छ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद् अवरोध कायम राख्ने स्पष्ट पारेको छ । मंगलबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बैठकमा कांग्रेसले सो कुरा बताएको हो ।

बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीको संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने निर्णय गरेको जानकारी दिएकी थिइन् । तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने उनको भनाई थियो । ’छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ,’ थिङले भनिन् ।

यसअघि सभामुख घिमिरेले दलहरूबिच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफलका साथै आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताएका थिए । राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएकोमा घिमिरेले चिन्ता व्यक्ता गरेका थिए । संवैधानिक सङ्कट हुने अवस्था आउन नदिन दलहरूलाई उनको आग्रह थियो ।

बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने माग दोहोर्‍याएका थिए । ‘

बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए । उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराएका थिए ।

  • १ जेष्ठ २०८१, मंगलवार १३:४९ प्रकाशित