पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
मञ्चको पोखरामा बसेको कार्यसमितिको बयालिसौँ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोर्ट्स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए ।
अवार्ड कार्यक्रम प्राप्त सबैको साथ सर्पोटले मञ्चलाई थप उत्साहित बनाएको मञ्चले जनाएको छ । केही दिनमा अवार्ड कार्यक्रमको समिक्षा गर्ने र तीन महिना भित्रमा आयव्यय सार्वजनिक गर्ने तयारी गरिएको महासचिव पौडेलले खुलाए ।
आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० गत बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना भएको थियो ।अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारेका थिए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीलाई टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी प्रदान गरिएको थियो ।
अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ व्याडमिन्टनकी दिलासा राना र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ भलिबलका रमेश केसीले बाजी मारें । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।
लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरियो । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गरे ।
यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरियो ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहेको थियो भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो । पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाएको छ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको थियो ।
उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व. सेनानी हेमबहादुर पुनको परिवार, लाइफटाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गरेका थिए ।
यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमाई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स प्रालि, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप-आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, एम.ए. कन्स्ट्रक्सन प्रालि, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान मञ्जु गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रादेशिक क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., दीपक थापा (अध्यक्ष हक्की संघ गण्डकी), गण्डकी प्रदेश भलिबल संघ, मझेरी रिर्सोट एण्ड स्पा, पोखरा ३ वडा कार्यालय, पोखरा ४ वडा कार्यालय, पोखरा ५ वडा कार्यालय, पोखरा ६ वडा कार्यालय, पोखरा ८ वडा कार्यालय, पोखरा ९ वडा कार्यालय, पोखरा १५ वडा कार्यालयले सहयोग गरे ।
यसैगरी दीपक गुरुङ अध्यक्ष तथा सहारा हङकङ परिवार, अध्यक्ष दिलराज गुरुङ र उपाध्यक्ष कमल गुरुङ तथा बगर भाइखलक यूके परिवार, कृष्ण गुरुङ अध्यक्ष तथा कमल गुरुङ उपाध्यक्ष (सहारा यूके), सुर्य गुरुङ गोर्खा प्यालेस, मिलन तमु गोर्खा मिडिया, अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी सपना मल्ल, लोक गुरुङ, नरजङ गुरुङ, रुपक गुरुङ, महेश गुरुङ, ह्यूष्टन एजुकेशन, भिजन उर्जा लुम्बिनी कम्पनी, पोखरा मोबाईल टावर प्रा.लि. बुल्सम्यान क्लब, कास्की जिल्ला भलिवल संघ, विनोद कायस्थ अध्यक्ष टेनिस संघ गण्डकी, एन्फा कास्की, कास्की जिल्ला एथलेटिक्स संघ, मोहन भूगोल व्याण्डमिन्टन फाउण्डेसन, ज्ञानुबाबा आवासिय मावि, यूनाइटेड क्लब, नेपाल ट्रायथलन संघ, गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसन, वल्र्डलिंक प्रालि, पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रालि, जिल्ला खेलकुद विकास समिति कास्की, कञ्चन क्यापिटल प्रालि, अध्यक्ष पोषण थापा तथा फेवा सिल्टेसन प्रालि, नेपाल मुआथाई संघ केन्द्रीय उपाध्यक्ष दीपक गोदार, सहारा युके पूर्व अध्यक्ष कुमार गुरुङ,बद्ध एअर,पोखरा महानगर खेलकुद विकास समिति, पोखरा उद्योग वाणिज्य संघ,कास्की जिल्ला तेक्वान्दो संघ अध्यक्ष कुमार गुरुङ, पोखरा १२ का अश्विन कार्की लगायतले सहयोग गरेको मञ्चले जनाएको छ । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिएको थियो ।
अवार्ड कार्यक्रममा गायक प्रकाश सपूत, सन्तोष बस्याल र निर्मल दाहालको गायन प्रस्तुती तथा तरेली साँस्कृतिक परिवारको लाठी, कौरा र झ्याउरे नृत्यले रौनकता थपेको थियो ।
मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको मञ्चलाई देश संघीयतामा गएसँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।