कास्कीको रुपामा आँखा शिविर, दुई सय पाँच जनाले सेवा लिए

केन्द्रभाग मिडिया

लेखनाथ ।

कास्कीको रुपा गाउ पालिकामा रोटरी क्लव अफ लेखनाथले राखेको आँखा शिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग,ग्रिन डेभलपमेण्ट बैक र कामना सेवा विकास बैकको आर्थिक सहयोगमा रुपा गाउपालिकाको वडा नं ५ देउरालीमा रहेको विश्वशान्ति माविमा अध्यनरत विद्यार्थीहरुलाई केन्द्रित गरि शिविरको आयोजना गरिएको हो ।

वर्ष ३ का विनय कुमालको आँखा परिक्षण गरि सुरु भएको कार्यक्रममा वोल्दै रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले आँखाको उचित तरिकाले हेरचाहा गर्न अनुरोध वालवालिकाले मोवाईलको प्रयोग वढि गर्दा आँखा कमजोर हुनेको सख्याँ वढदै गएकाले यस तर्फ अभिभावकहरु सचेत हुनु पर्ने सुझाव राखेका थिए ।

रोटरी क्लव अफ लेखनाथका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष विश्व प्रकाश कर्माचार्य,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हस्त कुमार श्रेष्ठ र क्लवका सचिव दिपेन्द्र भण्डारी लगाएतले शिविरबाट रोग लाग्नु पूर्वका होशियारीका वारेमा जानकारी लिएर स्वच्छ आँखा बनाउन सकिने धारणा राखेका थिए ।

  • १ जेष्ठ २०८१, मंगलवार १०:४८ प्रकाशित