श्रीमतीको हत्यापछि आत्महत्या

केन्द्रभाग मिडिया

सल्यान ।

सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् ।

सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राना दम्पतीका ४ छोराछोरी रहेको प्रहरीले जानकारी दिएको छ ।

  • १ जेष्ठ २०८१, मंगलवार १०:२५ प्रकाशित