आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ ।

आज पाउण्डको एकको खरिददर १६७ रुपैयाँ २३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७० पैसा थियो ।

आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४९ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८ रुपैयाँ ५९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ ।

  • १ जेष्ठ २०८१, मंगलवार ०९:३१ प्रकाशित