उपेन्द्र यादवले निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा हाले रिट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन् ।

उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।

वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।

रिटको पेशी जेठ २ गतेका लागि तोकेको छ ।

  • ३१ बैशाख २०८१, सोमबार १५:३६ प्रकाशित