विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८(४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् ।
उनले प्रदेश सभामा बोल्दै आफू र आफ्नो पार्टी एमाले विधि र सम्बिधान मान्ने पार्टी भएको बताए । उनले संविधानको सर्वोच्चता मान्ने भन्दै नि वर्तमान मुख्यमन्त्रीले नया सरकार गठनका विषयमा दायर गरेको रिटबारे जानकारी रहेको बताए ।
उनले संविधानको रक्षाका लागि नै एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री भएको बताए ।