२ अर्ब १ करोडको अनलाइन सट्टेबाजी गर्ने २४ वर्षीय युवा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।

वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।

  • ३१ बैशाख २०८१, सोमबार १४:०४ प्रकाशित