काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट आएको भारतीय नागरिकको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ । कपडा र सुन छुट्याएपछि मात्र यकिन तौल आउने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
आइतबार साँझ भारतीय नागरिकहरू फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका हुन् । भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।













