श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोकको अध्यक्षमा ढकाल

केन्द्रभाग मिडिया

पोखरा ।

श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोकको अध्यक्षमा मोहन ढकाल चयन भएका छन । श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक ८ पोखराको १२ औं अधिवेशन तथा ३४ औं वार्षिक साधारण सभाबाट मोहन ढकालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

जसअन्तर्गत समितिमा निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, उपाध्यक्षमा गोपाल ठकुरी, उपाध्यक्षमा केशव वराल, सचिवमा लक्ष्मण बराल, कोषाध्यक्षमा टेकनाथ पराजुली, सह सचिवमा रोशन बन्जरा र सह कोषाध्यक्षमा नारायण रेग्मी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा कृष्ण पुरी, जित कुमारी गुरुङ, कृष्ण प्रसाद चालिसे, गोपिका पाण्डेय, धन प्रसाद उप्रेती, इश्वर प्रसाद अधिकारी, राजन बजगाइ र प्रकाश नापित चयन भएका छन ।

श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्ष कल्याण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा मन्दिर सञ्चालक समितिका उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन सचिव देवी प्रसाद खतीवडाले गरेका थिएभने कार्यक्रममा दयाराज ढकाल, लीलाम्बर सापकोटा, घनश्याम बानियाँ, जमुना सुवेदी, बिजय शर्मा, विष्णु् बशीष्ट महाराज लगायतले शुभकामना मन्तब्य राखेका थिए । पुरुषोत्तम रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • ३० बैशाख २०८१, आईतवार १७:२९ प्रकाशित