खोलामा नुहाउन गएका दुई बालबालिकाको डुबेर ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

धनगढी ।

कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको गएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताए ।

  • ३० बैशाख २०८१, आईतवार १६:५९ प्रकाशित