पोखरा २७ मा रहेको बगादी खोलामा सर्वसाधारणका लागि १० वटा धारा निर्माण

केन्द्रभाग मिडिया

लेखनाथ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २७ मा रहेको वगादी खोलामा सर्वसाधारणलाई नुहाउन तथा कपडा धुन सहज हुने गरि १० वटा धारा निर्माण गरिएको छ ।

वडाको १० लाख र वगादी युवा क्लवको एक लाख ५० हजार गरि कुल ११ लाख ५० हजारको लागतमा खोलामा स्वीमिङपुल,पार्क र १० वटा धारा निर्माण गरिएको हो ।

अब्यवस्थीत तरिकाले खोलाको पानी प्रयोग गरिरहेका स्थानियहरुको सुविधालाई ख्यालामा राख्दै वडाले खेर गईरहेको पानीलाई सदुपयोग गर्नका लागि ब्यवस्थीत रुपले पानीका धारा र पौडी खेल्नका लागि खोलामा स्वीमिङ पुल निर्माण गरेपछि प्रयोगकर्तामा सहजता भएको छ ।

निर्माण गरिएका धाराको उद्घाटन गर्दै पोखरा महानगरपाकिला वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले स्थानिय स्रोत र साधनको पहिलो अधिकार स्थानियवासी कै हुने भएकाले खेर गईरहेको पानीलाई सहि सदुपयोग गर्न सकियो भने वडावासीलाई सुविधा पुग्ने र पानीमा हुने खर्चमा कमि आउने विश्वाश ब्यक्त गर्दै वडालाई कस्तो वनाउने भन्ने वारेमा वडावासीकै सल्लाहा र सुझावका आधारमा अगाडी वढ्न आफु तयार रहेको बताएका थिए ।

कार्यक्रममा वडा सदस्य बुद्धिमाया थापा मगरले जनस्तरबाट विकास निर्माणका योजना ल्याउनका लागि अनुरोध गरेकी थिईन भने लेखनाथ क्लवका अध्यक्ष वालगोपाल श्रेष्ठले विकासका नाममा वाटा,घाटा,पुल कुलेसा र भवनहरु निर्माण भएपनि अव भने युवालाई कसरी स्वदेशमा नै राख्न सकिन्छ भन्ने खालका स्वरोजगारका कार्यक्रम ल्याउन अनुरोध गरेका थिए ।

वगादी युवा क्लवका अध्यक्ष गंगा बहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जितेन्द्र क्षेत्रले कार्यक्रम संचालन र क्लवका सदस्य सुदिप नेपालीले स्वागत मन्तव्य राखेका थिए ।

  • ३० बैशाख २०८१, आईतवार १६:३६ प्रकाशित